बुधबार, पुस ९, २०८२

रास्वपा पनि कुलमानको पक्षमा

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले बिचौलियाहरुको संरक्षणको श्रृंखलाअन्तर्गत सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको निष्कर्ष निकालेको छ।

National life

सरकारको बदनियतपूर्ण निर्णयमा उसले आपत्ति जनाएको छ। मंगलबार रास्वपाले विज्ञप्तिमार्फत भनेको छ, ‘विद्युत प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरुको संरक्षणको श्रृंखलाअन्तर्गत नै घिसिङमाथि कारवाही गरिएको रास्वपाको निष्कर्ष छ।’ 

सरकारको जनविरोधी कदमहरुबाट देशमा केही गरौं भन्ने आम युवा र सचेत नागरिक निरुत्साहित भएको ठहर गर्दै रास्वपाले सरकारको विरोधमा हुने सबै शान्तिपूर्ण कार्यक्रममा आफ्नो ऐक्यबद्धता रहने जनाएको छ।

नेकपा माओवादी र राप्रपाले पनि कुलमान हटाइएको विषयमा विरोध जनाएका छन्। सत्तारुढ दल कांग्रेसमा पनि यसबारे तीव्र असन्तुष्टि देखिएको छ।

प्रकाशित: Mar 25, 2025| 19:05 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्