मंगलबार, साउन १९, २०८३

कुलमान हटाउने मन्त्रिपरिषद् बैठकले अरु के-के गर्‍यो निर्णय ?

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

काठमाडौं- सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गरेको छ। 

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। 

यसमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने र उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय समावेश छन्। 

यस्तै, सरकारले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिको सिफारिस गर्नका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलेको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ। 

यी हुन् क्याबिनेटमा २७ निर्णय

प्रकाशित: Mar 25, 2025| 18:44 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्