बुधबार, पुस ९, २०८२

सरकारले बिचौलियाको स्वार्थमा कुलमानलाई हटायो: माओवादी 

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय आपत्तिजनक रहेको प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले बताएको छ।

National life

माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै घिसिङलाई हटाउने सरकारको निर्णयमा प्रश्न उठाएका हुन्। माओवादीले कुशल प्रशासकमाथि मनोवैज्ञानिक त्रास फैलाउनका लागि चालिएको कदम भएको भनेको छ।

माओवादीले भनेको छ, 'नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक छ । बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो। यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको छ ।'

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो।

घिसिङलाई हटाउन माओवादीले समर्थन गरेको भन्ने प्रचारमा कुनै सत्यता नभएको पनि विज्ञप्तिमा उल्लेख छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 25, 2025| 18:38 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्