बुधबार, पुस ९, २०८२

कुलमानलाई हटाइएको विषयमा के भने प्रधानमन्त्री ओलीले ?

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयमा धेरै हल्लाखल्ला हुन थालेको भन्दै आपत्ति जनाएका छन्।

National life

प्रधानमन्त्री ओलीले केही मानिसहरू तिललाई पहाड बनाउने गरी लागेको टिप्पणी गरे।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार कांग्रेस नेतृ सुजता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुबा’ नामक आत्मकथाको लोकार्पण समारोहलाई बोल्ने क्रममा प्रधानमन्त्री ओलीले यसबारे टिप्पणी गरेका हुन्।

उनले भने,‘तिलको पहाड बनाएका छन्। पहिला–पहिला तिलका पहाड बनायो भन्थे। तिललाई नै पहाड बनाउने चलन छ। त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ। अहिले पनि केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो केही मानिसलाई उफ्रिरहेका छन्, कुदिरहेका छन्।’

कुलमान हटाइएको विषयमा इंगित गर्दै उनले थपे, 'के पायौं के पायौं, इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी शुरु भएको। यही त्यान्द्रो हो। यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुदेका छन् । कोही के भनेर कुदेका छन् । केही अर्थ छैन।’

Laxmi sunrise bank
kumari

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै कार्यकारी निर्देशकमा रहेको व्यक्तिलाई सरुवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन भन्दै प्रश्न पनि गरे। उनले भने, 'पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो र पछिल्लो पटक नियुक्ति गर्नेबित्तिकै उज्यालो आएको हो? उहाँ (कुलमान) ले उज्यालो ल्याउनुभयो भनेर व्याख्या गर्नुभएछ । अघिल्लो ४ वर्षको कार्यकाल पूरै त्यहीँ काम गर्नुभएको हो। त्यसबेला ल्याउनुभएको थियो की उहाँ (प्रचण्ड) ले नियुक्त गर्नेबित्तिकै आगो बोकेर आउनुभयो, बिजुली, चिम, ट्रान्समिसन लाइन बोकेर आउनुभयो की ? वर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई जादु, चमत्कारको रुपमा व्याख्या गर्ने । कोही पनि साथीहरूलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।’

प्रकाशित: Mar 25, 2025| 18:33 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्