बुधबार, साउन १३, २०८३

न्यु डायमण्ड कप भलिबलको उपाधि एपीएफलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फइल तस्बिर

काठमाडौं- दोस्रो संस्करणको न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफले जितेको छ । फाइनल खेलमा आयोजक टोली न्यु डायमण्डलाई ३-१ ले पाजित गर्दै उपाधि जितेको हो । 

खेलको पहिलो सेट २५-१६ ले गुमाएको एपिएफले त्यसपछि लगातार जितेको थियो । दोस्रो सेटमा २५-२१ ले जित निकालेको एपीएफले तेस्रो सेटमा २५-२३ र चौथो सेटमा २५-१८ को जित निकाल्दै च्याम्पियन बन्यो । 

उपाधिसंगै एपीएफले ३ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता न्यु डायमण्डले २ लाख रुपैयाँमा चित्त बुझायो । अर्को विभागीय टिम पुलिसले तेस्रो भयो । ८ टिमको सहभागिता रहेको प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाईएको थियो । 

व्यक्तीगत उपाधितर्फ एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट खेलाडी घाषित हुँदै १५ हजार रुपैयाँ प्राप्त गरिन् । न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाईकर, न्यु डायमण्डकै सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर, ललिता नाथ उत्कृष्ट क्विकर, अनिषा सुनुवार उत्कृष्ट सेटर र झरना श्रेष्ठ उत्कृष्ट सर्भर घोषित भए । 

एपीएफकी उषा विष्ट उत्कृष्ट ब्लगर चुनिदाँ ज्ञानेन्द्र विष्टले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे । विधागततर्फको उत्कृष्ट खेलाडीले जनही ५-५ हजार प्राप्त गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।