बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • आन्तरिक राजस्व कार्यालय भद्रपुरले ८ महिनामा उठायो एक अर्ब ९८ करोड

आन्तरिक राजस्व कार्यालय भद्रपुरले ८ महिनामा उठायो एक अर्ब ९८ करोड

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

झापा- आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। उक्त रकम गत आव २०८०/०८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो।

National life

कार्यालयको तथ्यांकअनुसार गत आव २०८०/०८१ को सोही अवधिमा एक अर्ब ८४ करोड १७ लाख १५ हजार रूपैयाँ राजस्व संकलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए। आन्तरिक राजस्व कार्यालयले चालु आवमा चार अर्ब ६१ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। 

गत आवभन्दा राजस्व संकलन बढे पनि चालु आवको आठ महिनाको लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको छ।

कार्यालयले आठ महिनामा आयकरबाट ८९ करोड २७ लाख ८५ हजार रूपैयाँ, ब्याजबापत ६ करोड ९० लाख ९० हजार रूपैयाँ, मूल्य अभिवृद्धि करबापत ६६ करोड ६५ लाख १५ हजार रूपैयाँ, अन्तःशुल्कबापत ३३ करोड १८ लाख ४५ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

अन्तःशुल्क तिर्ने प्रतिष्ठानको नियमित अनुगमन र निगरानीले गर्दा चालु आवको आठ महिनामा गत वर्ष सोही अवधिको तुलनामा ४३ दशमलव ७९ प्रतिशत अन्तःशुल्क वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले बताए।

Laxmi sunrise bank
kumari

कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ। यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानूनी कारबाही गर्ने गरिएको उनले बताए। रासस

प्रकाशित: Mar 25, 2025| 18:01 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्