बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सिरहामा बेपत्ता १३ वर्षीया खातुनको शव गाडिएको अवस्थामा भेटियो

सिरहामा बेपत्ता १३ वर्षीया खातुनको शव गाडिएको अवस्थामा भेटियो

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१
National life
Shivam cement

काठमाडौं- सिरहाको गोलबजार नगरपालिका- ९ की १३ वर्षीया गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा भेटिएको छ। झाडीभित्रबाट लास कुहिएको गन्ध आएपछि स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैयालाई खबर गरेका थिए। खालडभित्र फेला परेको शव खातुनकै रहेको प्रहरी जनाएको छ।

गत फागुन २९ गते घरबाट निस्केकी खातुन घर नआएपछि आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते खोजतलास गरिदिन भनेर निवेदन दिएकी थिइन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 25, 2025| 15:37 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्