बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • प्राधिकरणको बोर्डमा ओलीविरोधी नारा लेखिएपछि कार्यालय प्रमुखमाथि कुटपिट

प्राधिकरणको बोर्डमा ओलीविरोधी नारा लेखिएपछि कार्यालय प्रमुखमाथि कुटपिट

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

काठमाडौं- नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गालीगलौज गरेको सूचना राखेको भन्दै कार्यालय प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ।

National life

कार्यालयको बोर्डमा सोमबार प्रधानमन्त्रीविरूद्ध गालीगलौज गरेको सूचना देखा परेको थियो। त्यही विषयलाई लिएर मंगलबार कार्यालय प्रमुख श्रेष्ठमाथि एक समूहले हातपात गरेको हो।

 उक्त आपत्तिजनक नारा डिजिटल बोर्डमा लेखिएपछि आक्रोशित एमाले कार्यकर्ताहरूले प्राधिकरण चितवन वितरण केन्द्रका हाकिमलाई कुटपिट गरेको बुझिएको छ। उनीहरूले प्राधिकरण चितवनका कार्यालय प्रमुखको कार्यकक्षसमेत तोडफोड गरेका छन्।

प्राधकिरणका अनुसार सोमबार करिब १२ बजेतिर भरतपुर वितरण केन्द्रमा ग्राहकको सहजीकरणको लागि राखिएको डिजिटल सूचना बोर्ड ह्याक गरी प्रधानमन्त्री गाली गलौज र अपशब्दसहितको नारा अपलोड गरिएको थियो।

प्राधिकरणले यस्तो गैरकानुनी कार्यप्रति आपत्ति जनाउँदै। घटनाको सत्यतथ्य छानबिन गरी संलग्न व्यक्तिलाई साइबर क्राइम अनुसार सम्बन्धित निकायमा कारबाहीका लागि पत्राचारसमेत गरिएको जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 25, 2025| 15:25 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्