बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कबाड व्यवसायीका कुरा सुनेपछि प्रचण्डले भने- बालेनसँग कुरा गर्छु

कबाड व्यवसायीका कुरा सुनेपछि प्रचण्डले भने- बालेनसँग कुरा गर्छु

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्नेमा जोड दिएका छन्।

National life

कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कबाड व्यवसायी संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिएका हुन्।

उनले भने, 'कबाड व्यवसायीहरूका मागमा आपसी छलफल गरेर एउटा समझदारीमा पुगेर व्यवसाय गर्ने सहज वातावरण बनाउनु जरूरी छ। संकलन गर्ने मजदूर तथा व्यवसायीलाई दु:ख दिएर समस्या हल हुँदैन।'

भेटका क्रममा अध्यक्ष प्रचण्डले कबाड व्यवसायको उचित व्यवस्थापनका विषयमा महानगर नेतृत्वसँग समेत छलफल गरेर सकारात्मक वातावरण निर्माणका लागि पहल गर्ने समेत बताए।

महानगरभित्र कबाडको गोदाम राख्न कडाइ गरी डोजर चलाएपछि उनीहरू आन्दोलित भएका हु्न्। आफ्नो व्यवसायीमाथि धरपकड नरोकिएसम्म आन्दोलन गर्ने उनीहरूले बताउँदै आएका छन्। विगत लामो  समयदेखि महानगरपालिका र कबाड व्यवसायीबीच विवाद चलिरहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 25, 2025| 11:43 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्