बुधबार, पुस ९, २०८२

श्रीमती मृत फेला, घाइते भेटिए श्रीमान्

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

काठमाडौं- झापामा एक महिला मृत फेला परेकी छन्। कनकाई नगरपालिका वडा नम्बर ५ मा बस्दै आइरहेकी ताप्लेजुङको सिलाम घर भएकी ४० वर्षीया मनीषा मग्राती मृत फेला परेकी हुन्।

National life

उनका श्रीमान् ३९ वर्षीय लालबहादुर सार्की घाइते अवस्थामा भेटिएका छन्। एक युवकमाथि खुकुरी प्रहार भएको खबर सुनेर मंगलबार बिहान इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट प्रहरी टोली खटिएको थियो। घटनास्थलमा पुग्दा मनीषा मृत फेला परेकी थिइन्।

प्रहरीका अनुसार घटनास्थलमा मनीषाको सल र घाँटीमा सलको पासोको डाम देखिएको छ। लालबहादुरको भने घाँटीमा धारिलो हतियारले चोट लागेको देखिएको छ।

लालबहादुरको अहिले बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।

प्रकाशित: Mar 25, 2025| 11:39 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्