मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विद्युत प्राधिकरणको डिजिटल बोर्डमा 'केपी चोर देश छोड' डिस्प्ले भएपछि...

विद्युत प्राधिकरणको डिजिटल बोर्डमा 'केपी चोर देश छोड' डिस्प्ले भएपछि...

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको एक वाक्य डिस्प्ले भएपछि हल्लाखल्ला मच्चिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएकै दिन प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको हो। डिजिटल बोर्डमा रोमनमा 'केपी चोर देश छोड' डिस्प्ले भएको थियो।

कुलमान सोमबार चितवनको भरतपुर हुँदै मकवानपुरको राक्सिराङ पुगेका थिए। त्यहाँ उनले चेपाङ बस्तीमा पुगेको बिजुलीको उद्घाटन गर्ने कार्यक्रम थियो। कुलमानलाई स्वागत गर्न भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ भरतपुर विमानस्थल पुगेका थिए।

सोमबार दिउँसो १२ बजेदेखि करिब १ बजेसम्म डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्ध लेखिएको नारा डिस्प्ले भएको थियो। सेवाग्राही र कार्यालयका कर्मचारीहरुले त्यो नारा देखेपछि हल्लाखल्ला भएको थियो।

यस विषयमा अनुसन्धान भइरहेको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले बताएको छ।

 

प्रकाशित: Mar 25, 2025| 11:34 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्