बुधबार, पुस ९, २०८२

सरकारलाई बालेनको चुनौती- सक्छौ भने मलाई जेल हाल

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सक्ने भए आफूलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन्।

National life

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्धको राय प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो चुनौती दिएका हुन्। उनले गुरागाईंलाई भ्रस्टाचारीको आरोप लगाएका छन्।

फेसबुकमा बालेनले स्टाटस लेख्दै गुरागाईंलाई भ्रष्टाचारी संज्ञा दिएका छन्। उनले भनेका छन्, 'यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामी सुशासनको कुराचाहिँ भासणमा सुन्नुपर्ने ?
माथिको कुरा गलत भए मलाई जेल हाल।'

हिजोमात्रै मेयर बालेनले सफाइ कर्मचारीले समेत तलब नपाएको भन्दै संघीय सरकारविरुद्ध रोष प्रकट गरेका थिए। सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कर्मचारीको तलबलगायत सबै आर्थिक कारोबार रोकिएपछि उनले संघीय सरकारप्रति चर्को असन्तुष्टि जनाएका हुन्।

उनले लेखेका छन्– काठमाडौं महानगरपालिकाका सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाएको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछि हेरौंला तिमीहरूको के के तन्त्र हो !!

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 25, 2025| 11:05 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्