मंगलबार, साउन १९, २०८३

कुलमान हटाउने मन्त्रीको पुतला जलाइयो

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा ऊर्जामन्त्री दीपक खड्काको पुतला जलाइएको छ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनको अगुवाइमा उनको पुतला जलाइएको हो। काठमाडौंको प्रदर्शनी मार्गस्थित विश्व भाषा क्याम्पसअगाडि पुतला जलाइएको थियो। त्यसक्रममा विद्यार्थीहरुले सरकारको विरोधमा नाराबाजी समेत गरेका थिए।

पुतला जलाउँदा प्रहरीले हस्तक्षेप गरेको छ। मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई हटाइएपछि सर्वत्र विरोध भइरहेको छ।

प्रकाशित: Mar 25, 2025| 10:58 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्