धनगढी- तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्ड कपमा मेची नेत्रालय ट्रेनिङ सेन्टर काक्करभिट्टा विभागिय टोलि एपिएफ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा भएको खेलमा एपिएफलाई २-१ ले पराजित गर्दै प्रतियोगितको सेमिफाइनलमा प्रवेश गरेको हो ।
काक्करभिट्टाको जितका लागी विस्वास श्रेष्ठ र बिकास राईले एक एक गोल गरे भने एपीएफका लागी युवराज खड्काले एक गोल गरे । खेलको ९ औं मिनेटमा युवराजको गोलमार्फत सुरुवाती अग्रता लिएको एपीएफले अग्रता जोगाउन नसक्ला एपीएफ पराजित भएको हो ।
त्यस अघि ८औं मिनेटमा मेचिका बिशाल राईले प्रहार गरेको करसर बारको केहि माथिबाट बाहिरिएको थियो । त्यसको केहि मिनेटमा नै एपिएफका श्याम नेपालीको प्रहार पनि सफल हुन सकेन ।
२४ औं मिनेटमा आशिस लामाको पास श्याम नेपालिले गुमाएका थिए । २६ औं मिनेटमा विश्वास श्रेष्ठले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई एपीएफका गोलरक्षक राजुले उत्कृष्ट डाइभ दिँदै बचाए ।
३२ औं मिनेटमा राजन गुरुङको हेडर पासमा युवराजको प्राहर गोलपोस्ट माथिबाट बाहिरियो । ३५ औं मिनेटमा बिशालको प्रहार सफल हुन सकेन । ४१ औं मिनेटमा काक्करभिट्टाका बिस्वस श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याए ।
विशाल राईले दिएको थ्रु पासमा विश्वासले गोलरक्षकलाई समेत छलाएर खाली पोस्टमा गोल गरेका थिए । त्यस पछि पहिलो हाफको इन्जुरी समयमा भुसन लिम्बुले हानेको फ्री-किक बल एपिएफका गोलरक्षक राजु नगरकोटीको हातबाट फर्की पाएको अवसरलाई खामिर गिल्सन लिम्बुले सदुपयोग गर्न सकेन र पहिलो हाफ १-१ को बरबरी सकियो ।
५७ औं मिनेटमा बिशालले गोलरक्षक अगाडी बढेको अवस्थामा पाएको मौका गुमाए । ६१ औं मिनेटमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको बिशालको प्रहार गोलरक्षक राजुले क्लियर गरि दिए । खेलको ८७ औं मिनेटमा बिकास राईले गोल गर्दै टोलिलाई जित दिलाए ।
उत्कृष्ट प्रदर्शन गरेका काक्करभीट्टाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे । फाइनल प्रवेशका निम्ति टोलीले रुस्लान थ्री स्टार र च्यासलको खेलको विजेतासँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत आइतबारको खेल मनाङ मस्र्यााङदीविरुद्ध नेपाल पुलिस क्लब मैदान उत्रिने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४