बुधबार, पुस ९, २०८२

बर्खास्त हुने दिन चेपाङका घरमा बिजुली बाल्दै थिए कुलमान

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि सर्वत्र विरोध भइरहेको छ। सत्तारुढ दलदेखि विपक्षी अनि जनस्तरसम्म पनि सरकारको चर्को आलोचना भइरहेको छ।

National life

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाएको हो। केही समयदेखि उर्जामन्त्री खड्का कुलमानलाई हटाउन लागिपरेका थिए।

कुलमान भने आफ्नो काममा लागिरहेकै थिए। सोमबार दिउँसो पनि उनी मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङका घरमा बिजुली बाल्दै थिए।

विद्युत प्राधिकरणले ‘चेपाङ बिजुली कार्यक्रम’अन्तर्गत विद्युत सेवा पुर्‍याएको छ। सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राक्सिराङ गाउँपालिका–९ खैराङबाट राक्सिराङलाई पूर्ण विद्युतीकरण वडा घोषणा गरेका छन्। उनले राक्सिराङ–९ खैराङकी फूलमाया चेपाङको घरको विद्युत्को मिटर पनि ‘अन’ गरेर पूर्ण विद्युतीकरण वडा घोषणा गरेका हुन्।

टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका खैराङलगायत राक्सिराङका दुर्गम बस्तीका ९ वटै वडाका चेपाङलगायत अन्य समुदायको घरमा विद्युत सेवा पुगेको छ। मकवानपुरकै दुर्गम खैराङमा २०७६-७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइएको थियो।

Laxmi sunrise bank
kumari

२०७८ को जनगणनाअनुसार २५ हजार ९ सय ९६ जनसंख्या रहेको उक्त पालिकामा ५ हजार ४४ घरधुरी छन्।

कार्यक्रममा दुर्गम पालिकाको घरघरमा विद्युतीकरण गर्न सहयोग पुर्‍याउने घिसिङलाई गाउँपालिकाले सम्मान समेत गरेको थियो भने उक्त कार्यमा सघाउ पुर्‍याउने व्यक्तिलाई समेत सम्मान गरिएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकारण बत्ति काट्ने भन्दा उज्यालो पार्ने संस्थाको रुपमा विकास भइरहेको बताए। नेपालको विद्युतले विदेशमा समेत उज्यालो पार्ने काम भइरहेको उनले बताए। घिसिङका अनुसार गरिव विपन्नका साथै सिचाइ, खानेपानीका आयोजनालाई पनि विद्युत महशुलमा सहुलियत दिएको छ।

प्रकाशित: Mar 25, 2025| 07:25 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्