मंगलबार, साउन १९, २०८३

कालिमाटीमा ग्याङ फाइट हुँदा एक जनाको ज्यान गयो

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

काठमाडौंको कालिमाटीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

सोमबार राति साढे ७ बजेतिर काठमाडौं महानगरपालिका-१४ कालिमाटीस्थित एलआरआई स्कुल नजिकै दुई समूहबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दुई समूहबीच होलीमा भएको विवादलाई लिएर सोमबार झडप भएको हो। वर्षीय रोहित खड्का, विनय लामा र पर्वित श्रेष्ठले रड, खुकुरी र मुक्का प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा काठमाडौंको ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय गोले रहेका छन्। उनको टाउकोमा गहिरो चोट लागेको थियो।

नागढुंगा बस्ने २३ वर्षीय सन्दिप भुजेल, हेटौंडा घर भई हाल पुरानो नैकाप बस्ने २२ वर्षीय चक्रे भन्ने पवन तामाङ र पासाङ शेर्पा घाइते छन्। उनीहरूको पनि टाउकोमा चोट लागेको छ। 

कुटपिट गर्नेहरूमध्ये रोहित पक्राउ परेका छन् भने अरू दुई जना फरार छन्।
 

प्रकाशित: Mar 25, 2025| 07:17 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्