बुधबार, पुस ९, २०८२

कुलमानको बर्खास्तीमा कांग्रेस महामन्त्री शर्माको असहमति

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

काठमाडौं- सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएका छन्।

National life

उनले सामाजिक सञ्जालमा भनेका छन्-
कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन। बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रुपमै सजग गराइएको थियो।

कारवाही योग्य केही भए पछि पनि गर्न मिल्थ्यो। केही राम्रा प्रयास छायामा पार्नेगरी यो निर्णय समयोचित विल्कुलै भएन।

कांग्रेसकै उर्जामन्त्री दीपक खड्काको प्रस्तावमा आज सरकारले कुलमानलाई हटाएको हो।

प्रकाशित: Mar 24, 2025| 22:14 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्