आइतबार, भदौ १, २०८२

'प्रचण्डले टिआरसीसँग कुलमान साटे'

 |  सोमबार, चैत ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

vianetvianet

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले सरकारले कुलमान घिसिङलाई हटाएर माओवादीलाई उन्मुक्ति दिने खेल गरेको आरोप लगाएका छन्।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै सांसद शाहीले तीन शीर्ष नेताहरूबीच सिंहदरबारमा भएको गोप्य बैठकमा यस्तो सहमति भएको दाबी गरेका हुन्।

‘कमरेड प्रचण्ड साह्रृ नै बाठो छन्, टिआरसीसँग कुलमान पो साटेछन्।’शाहीले गोप्य बैठकमा कुलमान घिसिङलाई हटाउने र माओवादी द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा पक्राउ नगर्ने, मुद्दा नचलाउने गरी टिआरसी विधेयक जस्ताको तस्तै पास गराउने सहमति भएको दाबी गरेका छन्।

शाहीले स्टाटसमा लेखेका छन्, ‘बधाई छ कमरेड प्रचण्ड’। सरकारले माओवादी नेताहरूलाई उन्मुक्ति दिने र जनप्रिय व्यक्तित्व कुलमान घिसिङलाई बलि चढाउने तयारी गरेको शाहीको आरोप छ।

प्रकाशित: Mar 24, 2025| 21:47 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्