बुधबार, साउन १३, २०८३

देशको शैक्षिक अवस्था नाजुक : डा. यादव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको शैक्षिक क्षेत्रको अवस्था नाजुक रहेको बताएका छन्। ललितपुरको कुपोन्डोलस्थित नाइटिंगेल स्कुलको २६ औं वार्षिकोत्सव समारोहमा शनिबार सम्बोधन गर्दै उनले भने, उच्च घरानियाका सन्तान युरोप अमेरिका, त्यहाँभन्दा तल्लो स्तरका सन्तान दक्षिण भारत र कमजोर वर्गका सन्तानमात्र नेपालका सरकारी स्कुलमा पढिरहेकाले देशको शैक्षिक अवस्था नाजुक छ। उनले  देशका झन्डै ८० प्रतिशत बालबालिका पढ्ने सरकारी स्कुलको अवस्थामा सुधार नभएसम्म शैक्षिक उन्नति नहुने बताए। उनले नयाँ शिक्षा २०२८ पछि सरकारी स्कुल खस्किँदै गएको र निजीकरण हुन थालेपछि  शिक्षा क्षेत्र ध्वस्त भएको दाबी गरे।

उनले देशको शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा सुधार नभएसम्म देशको विकास नहुने बताए। निजी स्कुलमाथि अभिभावकसँग बढी शुल्क लिएको आरोप रहेको सुनाउँदै उनले गुणस्तरका लागि अभिभावकले धेरै शुल्क तिर्नु स्वाभाविक रहेको बताए। उनले भने, यसलाई निजी क्षेत्रले ध्यान दिनुपर्छ। 

पूर्वराष्ट्रपति यादवले निजी क्षेत्रको नाइटिंगेल स्कुलले निकै राम्रो काम गरेको देख्दा खुसी लागेको बताए। उनले भने, स्कुलको विगतको योगदान सन्तोषजनक छ। अब गर्न धेरै बाँकी छ। यसमा विद्यालय परिवारले ध्यान दिनुपर्छ।



विद्यालयका संस्थापक एवम् संघीय प्रतिनिधिसभाका सांसद तेजुलाल चौधरीले शैक्षिक क्षेत्रमा स्कुल अब  विश्वस्तरको प्रतिस्पर्धामा जाने तयारीमा रहेको जानकारी दिए। उनले भने,  ५० जना विद्यार्थीबाट २०४९ सालमा स्थापित यस विद्यालयमा अहिले अहिले २८०० विद्यार्थी अध्ययनरत छन्। हामी देशमा संख्यात्मक र गुणात्मक रुपमा अग्रणी शिक्षण संस्था भइसकेका छौं। उनका अनुसार स्कुलले २०७१ सालमा राष्ट्रिय शिक्षा पुरस्कार २०७१ तथा २०६९ र २०७० सालमा क्षेत्रीय शिक्षा  पुरस्कार पाएको छ। अब स्कुलले क्रिकेट र फुटसलमा आफ्नै भौतिक संरचना तयार गर्न लागेको बताए । उनले भने नर्सिङ कलेज पनि देशकै उत्कृष्ट बनिरहेको छ। विगत ३ वर्षदेखि अब्बल नतिजा ल्याएको छ। अहिलेसम्म स्कुलबाट चार हजार विद्यार्थी एससएलसी पास भएको जानकारी दिँदै उनले यहाँबाट उत्पादित विद्यार्थी  नेपालका मात्र हैन, विश्वका कुनाकुनामा रहेर योगदान दिइरहेको सुनाउन पाउँदा आफू गौरवान्वित भएको बताए। उनले भने, यहाँबाट पढेका विद्यार्थी देशका मात्र हैन, संसारका कुनाकुनामा पुगिसकेका छन्। उनीहरु जहाँ पनि प्रतिस्पर्धामा अब्बल छन्। उनले अभिभावकहरुलाई आफ्ना छोराछोरी नाइटिंगेलमा पढाएर हीनताबोध नगर्न आग्रह गर्दै शिक्षण सिकाइमा नयाँ नयाँ प्रविधि भित्र्याएर समयानुकुल बनाउँदै लगेको बताए। 

उनले  कर्मचारीलाई सेवासुविधामा कुनै कमीकमजोरी नगरेको  स्पष्ट पारे। ललितपुरका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख गुणराज पोखरेलले नाइटिंगेल स्कुलले मुलुकको विद्यालय शिक्षामा अतुलनीय योगदान दिइरहेको बताउँदै दूरदर्शी निर्देशन र सक्षम नेतृत्व रहेकाले नै स्कुलले उन्नति गर्दै गएको बताए।

प्रिन्सिपल रञ्जना प्रधानले विद्यालय अहिलेको अवस्थामा आइपुग्नुमा अभिभावक र शिक्षक-कर्मचारीको विशेष योगदान रहेको बताइन्। भाइस प्रिन्सिपल जितेन्द्रबहादुर ठकुरीले शिक्षकको मिहेनत र अभिभावकको विश्वासले नै नाइटिंगेल प्रगतिको शिखरतर्फ लम्किरहेको बताए।  विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रा खगेन्द्रप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा शैक्षिक एवम् अतिरिक्त कृयाकलापमा उत्कृष्ट बालबालिका र शिक्षकहरु सम्मानित भएका थिए। सो अवसरमा बालबालिकाले विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक र खेलकुद गतिविधि प्रस्तुत गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।