मंगलबार, साउन १९, २०८३

कुलमानलाई हटाएर हितेन्द्रलाई ल्याइयो विद्युत प्राधिकरणमा

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

काठमाडौं- सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।

कुलमानलाई तीनपल्ट स्पष्टीकरण सोधेर हटाइएको हो।

घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनी २०८२ साउन २४ सम्मका लागि नियुक्त भएका थिए।

विगतमा पनि सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। पछि उनलाई हटाएर फेरि कुलमानलाई नै ल्याइएको थियो।

प्रकाशित: Mar 24, 2025| 20:41 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्