बुधबार, पुस ९, २०८२

सालिन मृत्यु प्रकरण: पुष्टि भएन आत्महत्या दुरुत्साहन

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलकी छात्रा सालिन पोखरेलको रहस्यमय मृत्युसम्बन्धी मुद्दामा अदालतले तीन अभियुक्तलाई सफाइ दिएको छ।

National life

आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनले दाबी नपुग्ने ठहर गर्दै सोमबार फैसला सुनाएको हो। न्यायाधीश ध्रुवकुमार ढकालको इजलासबाट सुनाइएको उक्त फैसलापछि विद्यालयका प्रिन्सिपलसहित तीनजना मुक्त भएका छन्।

२०८० फागुन १२ गते बिहान १४ वर्षीया सालिन पोखरेल स्कुल होस्टलको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानपछि मृतकका आफन्तले ज्यानसम्बन्धी कसुरमा उजुरी दिए पनि जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्या दुरुत्साहनको अभियोगमा २०८० चैत ४ गते तीन जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो।

सरकारी वकिल कार्यालयले पेस गरेको अभियोगमा अदालतले प्रमाण अपर्याप्त ठहर गरेसँगै अभियुक्तहरू निर्दोष ठहरिएका हुन्। आत्महत्या दुरुत्साहन पुष्टि हुने पर्याप्त प्रमाण पेश हुन नसकेकाले मुद्दा खारेज गरिएको हो।

पोष्टमार्टम रिपोर्टले मृतकमाथि कुनै किसिमको यौन दुर्व्यवहार नभएको पुष्टि गरेको थियो। घटनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका थिए।

Laxmi sunrise bank
kumari

मुद्दामा विद्यालयका प्रिन्सिपल बालहरी देवकोटा (६०), भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी (४०) र होस्टल वार्डेन कमल शर्मा पौडेल (४८) प्रतिवादी बनाइएको थियो। उनीहरूमध्ये एक जना भाइस प्रिन्सिपल र अर्का वार्डेन हुन्।

प्रकाशित: Mar 24, 2025| 20:32 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्