मंगलबार, साउन १९, २०८३

बुद्ध एयरको सफ्टवेयर ह्याक गरेर २० जनालाई टिकट बेचेपछि...

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

काठमाडौं- बुद्ध एयरको सफ्टवेयर ह्याक गरेर टिकट बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

टिकट खरिद‍-बिक्रीको लागि बनाइएको अनलाइन कम्प्युटर प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्‍याई गैरकानूनी रूपमा विभिन्न हवाई टिकट बनाएर बेचेको उनीहरूमाथि आरोप छ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका-७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-९ बस्ने ४५ वर्षीय विवश भारती र गोरखाको अजिरकोट गाउँपालिका-३ घर भई काठमाडौंको तारकेश्वर-४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी छन्। 

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले आइतबार बत्तीसपुतलीबाट पक्राउ गरेको हो।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि दुवै जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूले हालसम्म २० जना यात्रुको हवाई टिकट काटिसकेको तर टिकट नदिएको उजुरी परेपछि घटना बाहिर आएको हो।

प्रकाशित: Mar 24, 2025| 19:10 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्