बुधबार, पुस ९, २०८२

लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

ढोरपाटन- बागलुङ नगरपालिका-८ सिगाना लामीचौरमा करिब दुई सय घरपरिवारको बसोबास छ।

National life

बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो। ४२ वर्ष अगाडि निर्माण भएका तीन धाराबाट यहाँका सयौँ स्थानीयले पानी उपभोग गर्दै आएका थिए। एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो। सहजै पानी भर्ने पालो आउँदैनथ्यो। विसं २०३९ मा निर्माण गरेको धारा जीर्ण बनेका थिए।

लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका लामीचौरवासीलाई अब भने खानेपानीको समस्या छैन। यसपाली नगरपालिकाले जमिनमुनिबाट पानी निकालेको छ। लामो समयको मेहनतपछि ड्रिलिङ गरी लामीचौरमा पानी निस्किएपछि स्थानीयमा खुसीयाली छाएको छ।

नगरपालिकाले प्राविधिक खटाएर यसबारे सर्वेक्षण गरेको थियो। पानी निकाल्न सकिने सम्भावना देखेपछि ड्रिलिङ मेसिन प्रयोग गरी यहाँ पानी निकाल्ने काम गरिएको हो। यही चैत १ गते मेसिनले करिब एकसय ७० मिटर जमिन खोदेर पानी निकालेको हो। यही चैत ९ गतेदेखि नियमित रुपमा पानी निकाल्न थालिएको लामीचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए।

'गाउँमा खानेपानीको निकै समस्या थियो, बल्ल माग पूरा भएको छ', अध्यक्ष थापाले भने। नगरपालिकाको २६ लाख रूपैयाँ र स्थानीय जनसहभागिताबाट जुटेको तीन लाख रूपैयाँको लागतमा पानी निकालिएको हो। 'सिंगो गाउँमा पानीको समस्या थियो, दुई सय घरका लागि तीनवटा मात्र धारा थिए, धारामा थोरै पानी आउँथ्यो, स्थानीयले कुवा र खोलाको फोहर पानी उपभोग गर्दैआएका थिए', उनले विगतको समस्या बताए।

Laxmi sunrise bank
kumari

स्थानीय बिना परियारले एक गाग्री पानी भर्नका लागि आठ घण्टासम्म लाइन बस्नुपरेको सुनाइन्। खानेपानी अभावले धेरैले गाउँ छोड्न बाध्य भएको उनले बताइन्। स्थानीय ७१ वर्षीय चन्द्रमणि गौतमले २०३९ सालदेखि नै लामीचौरमा खानेपानी समस्या रहेको बताए। जनसङ्ख्या बढ्दै गएपछि खानेपानीको अभाव भएको उनले बताए। रासस

प्रकाशित: Mar 24, 2025| 17:31 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्