शनिबार, असोज १७, २०८३

एक तिहाइमात्रै पास भएपछि डीन कार्यालयमा विद्यार्थीको ताला

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीन कार्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्।

त्रिवि केन्द्रीय क्याम्पस शिक्षाशास्त्र केन्द्रीय विभागको तेस्रो सेमेस्टरको नतिजा प्रकाशन हुँदा ६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीहरूले सोमबार तालाबन्दी गरेका हुन्।

तेस्रो सेमेस्टर मेजरमेन्ट एण्ड इभ्यालुसन इन एजुकेसन पेपरको न्युमिरिकल प्रश्न नै गलत सोधेको विद्यार्थीहरूको आरोप छ। उक्त गलत प्रश्नका कारण परीक्षाको नतिजा सन्तोषजनक नआएको उनीहरूको भनाइ छ।

गलत प्रश्न निर्माण गर्नेलाई कारबाही र विद्यार्थीहरूको नतिजा पुनर्योग गर्दा रिचेक व्यवस्था नहुन्जेलसम्म  तालाबन्दी जारी रहने उनीहरूले विज्ञप्तिमार्फत जनाएका छन्।

विद्यार्थीहरूले निःशुल्क रूपमा रिटोटलिङको व्यवस्था गर्न समेत माग गरेका छन् । हाल रिटोटलिङको लागि प्रति विषय ५०० रुपैयाँ शुल्क लाग्ने गरेको छ ।

सेमेस्टर प्रणालीमा यति धेरै विद्यार्थी फेल हुनुलाई अत्यन्तै नराम्रो मानिन्छ। 

प्रकाशित: Mar 24, 2025| 16:30 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्