बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंका सुशीला र मानवको संलग्नतामा जनकपुरमा सरसफाइ

काठमाडौंका सुशीला र मानवको संलग्नतामा जनकपुरमा सरसफाइ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम – विश्व सरसफाइ अभियानकी सुशीला महर्जन र मानवको संलग्नतामा शनिबार वृृहत्त सरसफाइ गरिएको छ। ‘म मेरो जनकपुर फोहोर गर्दिन’ भन्ने नाराका साथ महर्जन र मानवको सहभागितामा वृहत्त सरसफाइ गरिएको हो।

काठमाडौं निवासी सुशीला र मानव दम्पतीले विश्व सरसफाइ अभियान अन्तर्गत पछिल्लो केही हप्तादेखि जनकपुरमा सरसफाइ गर्दै आइरहेका छन्। धार्मिक तथा सांस्कृतिक सहर जनकपुर सफा राख्नुपर्ने प्रमुख उद्देश्यका साथ सुशीला र मानवले यसअघि पनि यहाँ सरसफाइ अभियान चलाइ सकेका छन्।

जनकपुरलाई स्वच्छ र सफा राख्न सप्ताहमा आधा घण्टा फाहोर टिप्न स्थानीयहरुले एक समिति नै गठन गरेका छन्। युवा दिपक ठाकुरको संयोजकत्वमा गठन गरिएको ९ सदस्यीय समितिको अगुवाइमा शनिबार वृहत्त सरसफाइ गरिएको हो। समितिले हरेक साता न्यूनतम आधा घण्टा सहरभित्र सरसफाइ गर्ने उद्देश्य लिएको छ।

दुई समूहमा विभाजित भएर स्थानीयहरुले जनक चोक, महाबीर चोक, मुरली चोकलगायतका स्थानहरुमा सरसफाइ गरेका छन्। शनिबार सम्पन्न सरसफाइ कार्यक्रममा स्थानीय युवा, समाजसेवी, सुरक्षाकर्मीलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।

विभिन्न सामाजिक संस्था, स्थानीय युवा तथा सफाइ अभियान कर्ताहरुको पहलमा निरन्तर सरसफाइ हुँदै आएपनि फोहोर व्यवस्थापन गर्न ल्यान्डफिल साइट नहुँदा समस्या सिर्जना हुने गरेको स्थानीयहरुले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।