मंगलबार, साउन १९, २०८३

ब्रेक फेल भएर सडक किनारमा पल्टियो जिप, १७ यात्रु घाइते

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

सल्यानमा सोमबार बिहान जिप दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्। 

तिमिलेबाट श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जिप सोमबार बिहान साढे ९ बजे सिद्धकुमाख गाउँपालिका–३ गतियानामा पल्टिएको हो।

दुर्घटनामा घाइते भएका १७ जनाको श्रीनगरमा उपचार भइरहेको छ।

चालक शारदा नगरपालिका–१ का २४ वर्षीय आकाश बादी प्रहरी नियन्त्रणमा रहेका  छन्। उनले ब्रेक फेल भएका कारण जिप सडक किनारमा पल्टिएको प्रहरीसँग बताएका छन्।

दुर्घटनाका घाइते सबैको अवस्था सामान्य छ। जिपमा चालकसहित १८ जना सवार थिए।

प्रकाशित: Mar 24, 2025| 13:03 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्