मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • शिवशंकर हत्या प्रकरणमा श्रीमती पक्राउ, कारण विवाहेत्तर सम्बन्ध

शिवशंकर हत्या प्रकरणमा श्रीमती पक्राउ, कारण विवाहेत्तर सम्बन्ध

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

महोत्तरीमा एक पुरूषको हत्या भएको घटनामा उनकै श्रीमती पक्राउ परेकी छन्। 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका शिवशंकर महतोको हत्या गरेको आरोपमा श्रीमती सिर्जना महतो पक्राउ परेकी हुन्।

सिर्जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। गत शुक्रबार साँझ साढे ५ बजेतिर गौशाला नगरपालिका-८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको थियो।

मृतकको टाउकोमा खुकुरी प्रहार गरिएको र जलाइएको अवस्थामा फेला परेको थियो। प्रहरीका अनुसार मृतक शिवशंकर श्रीमती सिर्जनासँग ससुराली जाँदै थिए। त्यसबीचमै घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता छ। यसमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र अन्यको खोजी भइरहेको प्रहरीको भनाइ छ।

घटना विवाहेत्तर सम्बन्धका कारण भएको हुन सक्ने प्रहरीको अनुमान छ।

 

प्रकाशित: Mar 24, 2025| 13:00 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्