मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नागढुंगामा हायस दुर्घटना हुँदा युवतीको मृत्यु, तीनजना अस्पतालमा

नागढुंगामा हायस दुर्घटना हुँदा युवतीको मृत्यु, तीनजना अस्पतालमा

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

काठमाडौं- काठमाडौंको नागढुंगामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार साँझ चन्द्रागिरि नगरपालिका-२ नागाढुंगा ढलानस्थित सडकमा चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ५५४६ नम्बरको हायस गाडी दुर्घटनामा परेको हो।

गाडीमा सवार ठेगाना नखुलेकी अन्दाजी २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका गाडीमा सवार दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र एक जनाको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ।

 

प्रकाशित: Mar 24, 2025| 12:55 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्