मंगलबार, साउन १९, २०८३

कस्तो रहनेछ आजको मौसम ?

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

काठमाडौं- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आज देशभर आंशिक बदलीदेखि मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। आज राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने विभागले जनाएको छ। 

आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रकाशित: Mar 24, 2025| 08:00 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्