मंगलबार, वैशाख ९, २०८२

दाङको एक प्लाई उद्योगमा भीषण आगलागी

 |  सोमबार, चैत ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

vianetvianet
triton college
National life insurance

दाङ- घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ। गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। 

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन्। 
 
आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए। उनले बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको  बताए। आगलागीको कारण खुल्न सकेको छैन।

प्रकाशित: Mar 24, 2025| 07:28 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्