शुक्रबार, कात्तिक २८, २०८२

आईपीएलमा हैदरावादले राजस्थानलाई हरायो

 |  आइतबार, चैत १०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइज हैदरावादले विजयी सुरुवात गरेको छ। आइतबार भएको खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको हो।

National life

हैदरावादले दिएको २८७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा २४२ रनमात्र बनाउन सक्यो। राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ७० रन बनाए। सन्जु सैमसनले ६६, सिम्रोन हेटमेयरले ४२ र सुभम दुवेले ३४ रन बनाए।

यसअघि इशान किसनको शतकमा हैदरावादले ६ विकेटको क्षतिमा २८६ रन बनाएको थियो। इशानले ४७ बलमा ११ चौका र ६ छक्कासहित १०४ रन अविजित पारी खेलेका थिए। 

यो सिजनको पहिलो आईपीएल खेलमा बैंग्लोरले कोलकातालाई ७ विकेटले पराजित गरेको थियो। 

प्रकाशित: Mar 23, 2025| 19:58 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्