बुधबार, पुस ९, २०८२

ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थिति तनावग्रस्त

 |  आइतबार, चैत १०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

बाँकेको डडुवा गाउँपालिकामा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ।

National life

डडुवा–२ स्थित बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिँदा ८ वर्षीय विशाल गोदिया र ९ वर्षका शिउकुमार गोदियाको घटनास्थलमै मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।

बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले पानी ट्यांकर जलाइदिएका छन्। प्रहरी चौकीमा समेत ढुंगामुढा प्रहार भएको छ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: Mar 23, 2025| 18:21 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्