बुधबार, साउन १३, २०८३

कोहलपुरमा युवको घाँटी रेटेर हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत – कोहलपुरमा शनिबार एक जना युवाको हत्या भएको छ। सुर्खेतको सिम्ता गाउँपालिका काफलकोटस्थित २२ वर्षीय दिपकसिंह ठकुरीको हत्या भएको प्रहरीले जनाएको छ। 

नेपाल प्रहरीमा भर्ना छनौटका लागि कोहलपुर गएका ठकुरीको बाँकेको कोहलपुर नगरपालिका–११ नयाँ बसपार्क पछाडि आधा घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। हत्याको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए। 

‘बिहानमात्रै हामीले शव फेला पारेको हो’, विसीले भने, ‘हत्या कसले र किन गरे भन्ने विषयमा तालिम प्राप्त कुकुरको सहायताले अनुसन्धान गर्न सुरु गरेका छौं।’ ठकुरी प्रहरीमा भर्ना हुनको लागि कोहलपुर आफन्तको घरमा बस्दै आएका थिए।

प्रहरी हवल्दारको भीरबाट लडेर मृत्यु

यस्तै जाजरकोटमा विहीबार गस्ती खटिएका प्रहरी हवल्दारको लडेर मृत्यु भएको छ। अस्थायी प्रहरी पोष्ट मैदीमा कार्यरत ३९ वर्षीय माहोबीर खड्काको भीरबाट लडेर मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ। ३ जनाको टोली सहित विहीबार दिउँसो दग्रास कुर्सेनी तिर गस्तीमा जादै गर्दा नलगाड नगरपालिका–८ गम्थापाखाको भीरबाट चिप्लिएर घाइते भएका थिए। 

सुर्खेतको भेरीगंगा नगरपालिका–४ छिञ्चु घर भएका घाइते हवल्दार खड्कालाई उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशर कार्कीले दिएको जानकारी अनुसार भीरबाट दुई सय मिटर तल खसेका थिए।  टाउको र अन्य शरिरका अन्य भागमा चोट लागेर गम्भिर घाइते भएका खड्काले समयमा उपचार नपाएकाले ज्यान गुमाउनु परेको गुनासो परिवारले गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।