मंगलबार, साउन १९, २०८३

बेपत्ता भारतीय युवक कालीगण्डकीमा मृत फेला

 |  आइतबार, चैत १०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

पाल्पा- पाँच दिनदेखि बेपत्ता भारतीय युवक कालीगण्डकी नदीमा मृत फेला परेका छन्। पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका भारतको उत्तरप्रदेशको गोरखपुरका २५ वर्षीय शिवम पाण्डेय आज मृत फेला परेका हुन्। 

गत बुधबार दिउँसो नुहाउने क्रममा पाण्डेय बेपत्ता भएका थिए। उनको शव राम्दी घाटदेखि झण्डै एक किलोमिटर टाढा बग्दै गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

पोखराबाट घुमेर घर फर्किने क्रममा पाण्डेसहित चारजना कालीगण्डकीमा नुहाउन गएका थिए। सो क्रममा पाण्डेय डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए।  

प्रकाशित: Mar 23, 2025| 14:27 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्