बुधबार, पुस ९, २०८२

अमेरिकामा गोलीबारी, तीन किशोरको मृत्यु

 |  आइतबार, चैत १०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

अमेरिकाको न्यु मेक्सिको राज्यमा भएको गोलीबारीमा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते छन्।

National life

स्थानीय समयअनुसार राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको हो। मृतकको पहिचान खुलेको छैन।

आक्रमणको सम्बन्धमा अहिलेसम्म कोही पक्राउ परेका छैनन्। यङ पार्कमा भएको एउटा अवैध कार शोमा दुई समूहबीच झगडा भएपछि गोली चलेको हो। घटनास्थलमा पेस्तोल फेला परेको बताइएको छ।

 

प्रकाशित: Mar 23, 2025| 14:24 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्