मंगलबार, वैशाख ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • राप्रपालाई देउवाको कटाक्ष- पूर्वराजालाई पार्टी सभापति बनाए हुन्छ

राप्रपालाई देउवाको कटाक्ष- पूर्वराजालाई पार्टी सभापति बनाए हुन्छ

 |  आइतबार, चैत १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सभापति बनाए हुने टिप्पणी गरेका छन्।

triton college

पूर्वराजा शाह संवैधानिक राजा बन्न नसक्ने पनि देउवाको भनाइ छ। उनले भने, 'पूर्वराजा संवैधानिक राजा हुन पनि सक्दैनन्, बरू राप्रपाले पार्टी सभापति बनाए हुन्छ। राजनीति गर्नु छ भने बरू पार्टी खोले भइहाल्यो। नत्र दु:ख पाउँछन् विचराहरूले।’

आइतबार पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।

राप्रपाले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा आन्दोलन अघि बढाउने तयारी गरेको छ। यही सन्दर्भमा देउवाले राप्रपामाथि कटाक्ष गरेका हुन्।

प्रकाशित: Mar 23, 2025| 14:20 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्