मंगलबार, साउन १९, २०८३

बसले किच्दा काठमाडौंमा एक व्यक्तिको मृत्यु

 |  आइतबार, चैत १०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

काठमाडौंमा बसले किच्दा एक व्यक्तिको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–१६ स्थित सडकमा बा ५ ख ३७०२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु भएको हो।

अन्दाजी ६० वर्ष जतिका ती पुरुषको हालसम्म सनाखत हुन सकेको छैन।

शनिबार दिउँसो बसले किचेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: Mar 23, 2025| 12:43 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्