एजेन्सी- युइएफएले वर्ष २०१८ को ‘ड्रिम टिम’ सार्वजनिक गरेको छ । युरोपको सर्वच्चो निकाय युइएफएले अनलाइन भोटिङका मार्फत ११ खेलाडीको वर्ष २०१८ को उत्कृष्ट टिम घोषणा गरेको हो ।
उत्कृष्ट टिममा यसपटक सबैभन्दा धेरै खेलाडी रियल मड्रिडका खेलाडी अटाएका छन् । टोलीमा रियलका डिफेन्डर राफेल भराने, सर्जियो रामोस, लुका मोड्रिक र मार्सेलो टोलीमा परेका हुन् ।
त्यस्तै बार्सिलोनाका लियोनल मेस्सी र गोलरक्षक मार्क आन्द्रे टर स्टेगेर परेका टन् । फ्रेन्च क्लब पिएसजीका युवा स्टार केलियन एमबाप्पे टोलीमा पर्दा नेयरमार भने अटाएनन् । युभेन्टसबाट क्रिस्टियानो रोनाल्डो, इंग्लिस क्लब लिभरपुलभर्जिल भान डिज्क, चेल्सीबाट एन्गोले कान्टे र इडेन हाजार्ड परेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४