सुनसरी, बराहक्षेत्र नगरपालिका-६ ठाकुरबारीस्थित सडकमा शुक्रबारेबाट ठाकुरबारीतर्फ आउँदै गरेको को.३९ प ७९९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका-१६ स्थित सडकमा बा.५ ख ३७०२ नम्बरको बसले किचेर हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूषको शनिबार दिउँसो मृत्यु भएको छ। बसले किचेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषा, लक्ष्मीनिया गाउँपालिका-७ स्थित सडकमा जनकपुरबाट ढल्केबरतर्फ आउँदै गरेको बा.प्र ०३-००१ ख ३४४१ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-१ सिनुरजोडा बस्ने ७० वर्षीय रबिन्द्र मण्डलको शनिबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको सेन्ट्रल अस्पताल लक्ष्मीनियामा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरी, इटहरी उपमहानगरपालिका-५ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको आइतबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बरेली टोलस्थित सडकमा म.१ त १०२० नम्बरको ट्याक्टरमा सु.प.प्र. ०२-००३ प ६७३२ नम्बरको स्कुटर ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका-११ भुजेला बस्ने ४० वर्षीय प्रेम गिरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।