भक्तपुरमा एक व्यक्ति मृत फेला परेका छन्।
आइतबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे निलबाराही स्थित पिकनिक स्पटको पार्किङ स्थलमा खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. २ घर भई हाल बोडे बस्ने वर्ष ६६ वर्गीय ओम प्रकाश राई मृत फेला परेका हुन्।
कवाडीको सामान टिप्ने काम गर्ने उनी दाइने कानको छेउ र टाउकोमा चोट देखिएको अवस्थामा मृत फेला परेको भक्तपुर प्रहरीले जनाएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।