बुधबार, पुस ९, २०८२

फेरि अघि बढ्ने भयो एमसीसी

 |  आइतबार, चैत १०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

काठमाडौं- अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपाल कम्प्याक्ट अन्तर्गतका केही काम अगाडि बढाउन अनुमति प्रदान गरेको छ।

National life

अमेरिकाको वैदेशिक सहायता सम्बन्धी समीक्षा चलिरहेकै बेला एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही काम अगाडि बढाउन अनुमति दिएको एमसीसी नेपालले जनाएको छ। अगाडि बढाउन अनुमति दिइएका कार्यमा खरिद कार्यहरू र कार्यालय सञ्चालन सम्बन्धी आवश्यक कार्य रहेको एमसीसी नेपालले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

‘एमसिए–नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको छ भने पारदर्शिता प्रति प्रतिबद्ध रहेको छ,’ सूचनामा भनिएको छ। त्यस्तै, सूचनामा अमेरिकी सरकारको वैदेशिक सहायतासम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गरिरहेको र आफूबाट हुनुपर्ने कामहरू भएको सुनिश्चित गर्न नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग निकटतापूर्वक समन्वय गरिरहेको पनि उल्लेख गरिएको छ।

यसअघि अमेरिकी सहायता संस्था एमसीसीले गत फागुन २ गते अर्थ मन्त्रालयलाई इमेल मार्फत ९० दिनका लागि भुक्तानी रोकिएको जानकारी गराएको थियो। नेपालमा पनि प्रसारण लाइन निर्माण र सडक पूर्वाधार स्तरोन्नतिका लागि ५० करोड डलर अनुदान उपलब्ध गराउने गरी २०७४ भदौ २९ गते नेपाल सरकार र अमेरिकी सरकारबीच कम्प्याक्टमा सम्झौता भएको थियो।

नेपाल सरकारले १९७ मिलियन डलर योगदान गर्ने गरी परियोजना मार्फत तीन सय किलोमिटर विद्युत् प्रसारण लाइन, सबस्टेसन निर्माण र ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्यसहित सम्झौता गरिएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 23, 2025| 11:50 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्