काठमाडौं- महोत्तरीमा एक पुरूषको हत्या भएको छ। गौशाला नगरपालिका-८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको हो।
शव शुक्रबार साँझ साढे ५ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। मृतक धनुषाको क्षिरेश्वर नगरपालिका-८ दिगम्बरपुरका शिवशंकर महतो हुन्।
महतोको शव विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको हो। उनको टाउकोमा खुकुरीले प्रहार गरेको र जलाएको समेत पाइएको छ।