मंगलबार, साउन १९, २०८३

पर्यटकीयस्थल टोड्के जोड्ने सडक धमाधम स्तरोन्नति हुँदै

 |  आइतबार, चैत १०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमबाट कोत्रवाङ–खुम्ल्याह–पैयुपाटा–कुहुँ–पूर्णगाउँ हुँदै पर्यटकीयस्थल टोड्के पुग्ने १० किलोमिटर सडकको १४ वर्षपछि स्तरोन्नति सुरु भएको छ।

संघीय सरकार र मङ्गला गाउँपालिकाको चार करोड लागत साझेदारीमा यस वर्ष सडकको प्रवेश बिन्दुमा पर्ने सिम र खुम्ल्याह क्षेत्रमा फराकिलो पार्ने, पानीको निकासका निम्ति नाली, ग्यावियन पर्खाल बनाउने र ढलानको काम प्रारम्भ भएको हो। विनियोजन भएको यो आयोजना मङ्गला गाउँपालिकाको यो वर्षको सबैभन्दा ठूलो हो।

मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माका अनुसार आगामी असार भित्रमा  निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सिमचोकबाट सडक फराकिलो बनाउने, ग्यावियन पर्खाल लगाएर स्तरोन्नति थालिएको छ। सिमचोक, पातल, कुहुँ र पूर्णगाउँ क्षेत्रमा  ग्यावियन जाली भर्ने र पर्खाल निर्माण धमाधम भइरहेको छ।

प्रकाशित: Mar 23, 2025| 09:29 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्