बुधबार, असोज २२, २०८२

आईपीएलको उद्घाटन खेलमा कोलकाता र बैंगलोर भिड्दै

 |  शनिबार, चैत ९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत ९, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करण आजदेखि सुरु हुँदैछ। उद्घाटन खेल गत वर्षको विजेता कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) बीच कोलकातास्थित इडन गार्डेन्स रंगशालामा हुनेछ।

Kumaribank

खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

यो सिजन कोलकाताको कप्तानीबाट श्रेयस अय्यर बाहिरिएपछि अनुभवी अजिंक्य रहाणेले सम्हालेका छन्। टोलीमा आन्द्रे रसेल, रमन्दीप सिंह र वेंकटेश अय्यरजस्ता विश्वस्तरीय अलराउन्डरहरू छन् भने बलिङतर्फ वरुण चक्रवर्ती, स्पेन्सर जोनसन, वैभव अरोरा र हर्षित राणाजस्ता उत्कृष्ट बलरहरू रहेका छन्।

आरसीबी सधैं बलिङमा कमजोर देखिँदै आएको भए पनि यसपटक टोलीमा जोश हेजलउड र भुवनेश्वर कुमारजस्ता खेल जिताउने क्षमताका बलरहरू थपिएका छन्। यद्यपि टोलीसँग अनुभवी स्पिनरको अभाव भने देखिन्छ र क्रुणाल पाण्ड्या नै सबैभन्दा अनुभवी स्पिनर रहनेछन्। आरसीबीले रजत पाटीदारलाई कप्तान बनाएको छ।

प्रकाशित: Mar 22, 2025| 19:24 शनिबार, चैत ९, २०८१
प्रतिक्रिया दिनुहोस्