सोमबार, वैशाख ८, २०८२

टिम नेपोले दियो धादिङ कारागारलाई ५१५ पुस्तक

 |  शनिबार, चैत ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, चैत ९, २०८१

vianetvianet

काठमाडौं- सामाजिक संस्था टिम नेपोले आफ्नो पुस्तक परियोजना अन्तर्गत धादिङ जिल्ला कारागारमा ५१५ थान पुस्तक हस्तान्तरण गर्दै १०औं जिल्लाको सफलता हासिल गरेको छ। 

triton college

यस अभियानले नेपालका विभिन्न जिल्लाका कारागारहरूमा पुस्तकालय स्थापना गरी कैदीहरूलाई पुनर्स्थापना, मानसिक विकास र शिक्षाको पहुँच पुर्याउँदै आएको छ।

कार्यक्रममा टिम नेपोका अध्यक्ष प्रदीप गिरीले कारागार कार्यालय धादिङका प्रमुख राममणि मिश्रलाई पत्रसहित विभिन्न विधाका ५१५ थान पुस्तक हस्तान्तरण गरे। उनले यस पुस्तक परियोजनाले कैदीहरूलाई पुनर्स्थापना र आत्मसुधारको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

अध्यक्ष गिरीले पुस्तकको सही सदुपयोग गर्दै कैदीहरूबीच पठन संस्कृतिको विकास गर्ने लक्ष्य रहेको बताए। पढाइले मात्रै नयाँ अवसर र परिवर्तनको ढोका खोल्ने भन्दै उनले आगामी दिनमा अन्य जिल्लाहरूमा पनि यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले कार्यक्रममा बोल्दै टिम नेपोले अघि बढाएको यो अभियान कारागार सुधारको उत्कृष्ट पहल भएको बताए। उनले यस्तो कार्यक्रमले कैदीहरूलाई जीवन परिवर्तनको बाटो देखाउने र सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गरे।

National life insurance

प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले पनि यस परियोजनाको प्रशंसा गर्दै शिक्षा र पठन संस्कृतिको प्रवर्द्धनले कैदीहरूको मानसिक स्वास्थ्यमा सुधार ल्याउने र समाजमा पुनर्स्थापना प्रक्रियालाई सहज बनाउने बताए।

कार्यक्रममा टिम नेपोका कार्यकारी सदस्य प्रवेश पण्डित, टिम नेपो काठमाडौंका अध्यक्ष निराजन अधिकारी, एलिश धरेल, किरण ओली र पारश क्षेत्री पनि उपस्थित थिए।

टिम नेपोले यसअघि अर्घाखाँची, स्याङ्जा, तनहुँ, अछाम, चितवन, दाङ, रसुवा, लमजुङ र काभ्रे कारागारहरूमा पनि पुस्तकालय स्थापना गरिसकेको छ।

प्रकाशित: Mar 22, 2025| 18:33 शनिबार, चैत ९, २०८१
प्रतिक्रिया दिनुहोस्