काठमाडौं- डा गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा शनिबार प्रदर्शन गरिएको छ।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर इलाममा १६ औं चरणको सत्याग्रह शुरु गरेका डा गोविन्द केसीको समर्थनमा ऐक्यबद्धता अभियानको आह्वानमा प्रदर्शन गरिएको हो।
१५औँ अनशनका क्रममा सरकारले आफूसँग गरेको सम्झौताविपरित संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट विधयेकमाथिको प्रतिवेदन पारित भएपछि डा केसीले इलामबाट १६ औँ सत्याग्रह पुस २५ मा ६ बुँदे माग राखेर सुरु गरेका थिए।





प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४