बुधबार, असार ३, २०८३

आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित

 |  शुक्रबार, चैत ८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ८, २०८१

काठमाडौं गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन्

National life

एक महिनामा देशभर ५०१ आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए  आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ आगलागीबाट १४६ पशुचौपाय मरेका छन्

घटनापछि ३८ परिवार विस्थापित भएका छन् आगलागीबाट ४० करोड ४८ लाख बराबरको क्षति भएको छ विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचालन गरिएको उनले जानकारी दिए

सबैभन्दा बढी कोशी प्रदेशमा १३५ आगलागीका घट्ना भएका थिए मधेस प्रदेशमा १०५, बाग्मती प्रदेशमा ४४, काठमाडौँ उपत्यकामा ४९, गण्डकी प्रदेशमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३० र सुदूरपश्चिम प्रदेशमा ४१ आगलागीका घटना घटेका प्रवक्ता आचार्यले जानकारी दिए

वर्षा कम भएको र सुक्खा मौसमका कारण देशका ठाउँठाउँमा आगलागीका घटना भइरहेका छन् अब आगलागीका घटना बढ्ने भएकाले सचेत हुन गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ

Shivam cement

प्रकाशित: Mar 21, 2025| 17:11 शुक्रबार, चैत ८, २०८१
प्रतिक्रिया दिनुहोस्