मंगलबार, साउन १९, २०८३

मधेश प्रदेशसभा अगाडि स्वास्थ्यकर्मीको धर्ना

 |  शुक्रबार, चैत ८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ८, २०८१

मधेश प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीले शुक्रबार प्रदेशसभा अगाडि धर्ना दिएका छन्। स्थानीय सेवा ऐनमा भएको त्रुटिका कारण स्तरवृद्धि रोक्का भएको भन्दै उनीहरु धर्ना बसेका हुन्। 

जनकपुरस्थित प्रदेशसभाको सचिवालयमा धर्ना बस्न गएका उनीहरुलाई ठूलो संख्यामा रहेका सुरक्षाकर्मीले सचिवालय परिसर बाहिरै रोकेका थिए। माग पूरा नभए चैत १६ देखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि अनिश्चितकालिन धर्ना बस्ने उनीहरुले चेतावनी दिएका छन्। 
 

प्रकाशित: Mar 21, 2025| 14:42 शुक्रबार, चैत ८, २०८१
प्रतिक्रिया दिनुहोस्