बुधबार, असार ३, २०८३

सम्झौताको दश महिनापछि पुल निर्माण सुरु

 |  शुक्रबार, चैत ८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ८, २०८१
National life
Shivam cement

दमौली– भिमाद नगरपालिका–५ र ६ जोड्ने बुढुवाखोलामा पक्की पुल निर्माण सुरु भएको छ। सम्झौता भएको दश महिनापछि पक्की निर्माण सुरु भएको हो। 

पुल रु दुई करोड ५९ लाख ५७ हजारमा विसं २०८१ जेठ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी जिल्ला पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनी दीपज्योति शर्मा जेभीबीच सम्झौता भएको थियो। विसं २०८२ मङ्सिर २० गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ। पुल निर्माणको शिलान्यास बिहीबार गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले गरे। 

शृङ्गपथअन्तर्गत पर्ने उक्त पुल निर्माण भएपछि तनहुँसहित पाल्पा, नवलपुर र स्याङ्जा आवागमन सहज हुनेछ। 

प्रकाशित: Mar 21, 2025| 12:44 शुक्रबार, चैत ८, २०८१
प्रतिक्रिया दिनुहोस्