बुधबार, साउन १३, २०८३

महिला टी-२० स्मास : नेपालको सानदार सुरुवात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले थाईल्यान्डमा आजबाट सुरु भएको महिला टी-२० स्मास क्रिकेट प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ । शनिबार भएको खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको हो । 

टस जितेर पहिलो फिल्डङ गर्ने निर्णय गरेको नेपालले चीनद्वारा ४९ रनको सामान्य लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ८.४ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो । 

नेपालको जितमा ओपरन काजल श्रेष्ठ १४ र सिता राना मगर २४ रनमा अविजित रहे । सिताले २५ बलमा ३ चौका प्रहार गर्दौ २४ रन जोडेकि थिइन् । त्यस्तै काजलले २९ बलमा १ चौका प्रहार गरेकी थिइन् ।

त्यस अघि पहिले ब्याटिङको निम्तो पाएको चीनले निर्धाति २० ओभरमा ६ विकेटको क्षतिमा ४८ रन मात्र बनाउन सक्यो । उस्का लागि झांग चानले १३, वाङ लुवान्याउ ८,हन लीली ३, ली होयो ७ रन जोडेका थिए । 

चीनलाई सस्तैमा समेट्न नेपालका लागि करुणा भण्डारीले सर्वाधिक ३ विकेट लिइन् । उनले ४ ओभरमा मात्र ९ रन खर्चेर ३ विकेट लिएकी हुन् । त्यस्तै नेरी थापाले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर २ विकेट लिदाँ सिता राना मगरले १ विकेट लिइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।